कांग्रेस नगर सभापती शाह द्वारा सुरक्षाकर्मिलाई ग्लोभ्स र मास्क बितरण

२ चैत्र सल्यान /सुरक्षाकर्मीहरुको सुरक्षालाई मध्यनजर गर्दै सल्यानमा एक युवा नेताले जिल्ला प्रहरी कार्यालयमा ग्लोभ्स र मास्क हस्तान्तरण गरेका छन् । सल्यान जिल्ला भर कार्यरत रहेका ३ सय ३२ जना प्रहरी सबैलाइ पुग्ने गरी सामाग्री हस्तान्तरण गरिएकाे हाे ।शनिबार जिल्ला प्रहरी कार्यालयको प्रांगणमा नेपाली कांग्रेस शारदा नगरपालिकाका नगर सभापति एव् युवा नेता सचेत शाहले ३ सय ५० थान मास्क र १ हजार थान ग्लोभ्स हस्तान्तरण गरेका हुन ।सरकारले गरेको लकडाउनका कारण सुरक्षाकर्मीहर देश र जनताको सुरक्षाको लागि ड्युटीमै खटिएकाबेला

कोभिड १९ महमारीको कारण विश्वनै आक्रान्त रहेको बेला सरकारले विगत १२ दिन देखि गरेको लकडाउनमा प्रहरिले सर्वसाधरण हरुलाई लकडाउन पालना गराउनको लागि सम्झाउनुपर्ने र कतिपय अवस्थामा उनीहरुको सम्पर्कमा आउनुपर्ने अवस्था हुदा उनिहरुको स्वास्थ्यस्थिति लाई मध्यनजर गर्दै सुरक्षा सामाग्री बितरण गरिएको नगर सभापती सचेत शाहले बताएका छन।

नगर सभापति एवम् कांग्रेस युवा नेता शाहले महामारीको कारण कुनै नागरिकको पनि ज्यान जाने अवस्था आउन नहुने धारणा राख्दै सर्वसाधारणको सेवाको लागि प्रहरीलाई धन्यवाद दिएका छन् । शाहले आवश्यकता अनुसार सशस्त्र प्रहरीलाई पनि सामाग्री उपलव्ध गराउने बताएका छन् ।

सामाग्री ग्रहण गर्दै सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खरितवडाले सहयोगको लागि नेता शाहलाई धन्यवाद दिएका छन् । संकटको यस घडीमा यो सहयोगले सुरक्षाकर्मीलाई आफ्नो ड्युटी गर्नको लागि थप हौसला र मद्दत पुग्ने उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार